Add parallel Print Page Options

टायर समुद्रहरूमाथि व्यापारको महान केन्द्र

27 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! टायर शहरको विषयमा यो दु:खको गीत गाऊ। टायरको विषयमा यसो भन:

“‘टायर, तिमी समुद्रको द्वार हौं।
    तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ,
    समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ।
    तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।
भूमध्य सागर तिम्रो शहरको चारैतिर सीमाना बनाउँछ!
    तिम्रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए।
    तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ।
तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति
    सेनीर पर्वतबाट केदार काठको प्रयोग गरे।
तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति
    लबानोनबाट देवदार काठको प्रयोग गरे।
तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको
    बज्राँठका तक्ताहरूबाट बनाए।
तिम्रो जहाजका कोठाहरू बनाउन
    तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे।
    तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।
तिम्रो जहाजको पालका निम्ति तिनीहरूले
    मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे।
तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो।
    तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।
सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए।
    बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो।
गबालका बूढा-प्रधानहरू
    अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी
टाल-टुल गर्नुको निम्ति जहाजमा थिए।
    समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।

10 “‘फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए। 11 अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।

12 “‘तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो। 13 याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसाका भाँडा दिन्थे। 14 तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे। 15 रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे। 16 एदोमले तिमीसँग व्यापार गर्थे किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा, नीलमणि, बैजनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।

17 “‘यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए। 18 दमीश्कस एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो। 19 जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो। 20 ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो। 21 केदारका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेंडा़ अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए। 22 शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे। 23 हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे। 24 तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ। 25 तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो।

“‘टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ,
    तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।
26 तिम्रो नाविकहरूले, तिमीलाई विशाल,
    अनि शक्तिशाली समुद्र पारि लिएर गयो,
तर शक्तिशाली पूर्वी बतासले,
    तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।
27 अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ।
    तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू,
अनि तिम्रो नाविकहरू र तिम्रो मानिसहरू,
    जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन्,
तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक,
    अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्।
यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ!

28     “‘तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ,
    जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!
29 जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन्
    अनि समुद्रको किनारमा उभिनेछन।
30 ऊ तिम्रो विषयमा धेरै दु:खी हुन्छ! ऊ धुरू-धुरू रूनेछ।
    उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ।
    ऊ खरानीमा लडीबडी गर्नेछ।
31 उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ।
    उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछ,
ऊ चिच्याउँछ र आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।

32 “‘तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूनेछन्:

“‘कोही टायर जस्तो छैन!
    समुद्रको बीचमा टायर नष्ट गरिदियो।
33 तिम्रो व्यापारीहरू समुद्र पारि गए!
    तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति,
अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ,
    तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!
34 तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयौ।
    तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
35 समुद्र किनारमा बस्ने सबै मानिसहरू
    तिम्रा निम्ति शोक-ग्रस्त छन्।
तिनीहरूको राजा भयानक रूपसँग डराउँछन्
    तिनीहरूको अनुहारमा आ घात देखिँदैछ।
36 अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्।
घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्,
    किनकि तिम्रो अन्त्य आएकोछ।
    तिमी भविष्यमा रहनेछैनौं।’”