Add parallel Print Page Options

धनबाट प्रसन्नता पाइँदैन

मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्। त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र ब्यार्थ कुरो हो।

एकजना मानिस लामो समयसम्म बाँच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ। त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ। त्यस्ता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ। त्यस्ता मानिसहरू दुइ हजार बर्ष बाँच्न सक्छन् तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।

एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर ऊ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन। यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ? एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो।

10-11 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोल्नु व्यर्थ हो।

12 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।