Add parallel Print Page Options

पवित्र पालमा समर्पण

जब मोशाले पवित्र पाल खड़ा गरी सके उसले यसलाई अभिषेकद्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए। तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाड़ाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुइजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।

परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”

यसर्थ मोशाले ती गाड़ाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए। मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाड़ाहरू र चारवटा गोरूहरू दिए। तिनले चारवटा गाड़ाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए। कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

10 जब वेदी अभिषेक गरियो वेदीमा चढाऊन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए। 11 परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”

12 यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।

13 तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो, 14 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 15 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा, 16 पापबलिको निम्ति एउटा बोको। 17 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा।

18 दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए। 19 तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो। 20 दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 21 होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 22 पापबलिको निम्ति एउटा बोको, 23 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।

24 तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए। 25 तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए, 26 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 27 होमबलिको निम्ति एउटा जवान गोरू, एउटा साँढे भेंडा अनि एउटा एक बर्षे थुमा, 28 पापबलिको निम्ति एउटा बोको, 29 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

30 चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए। 31 तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो, 32 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 33 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 34 पापबलिको निम्ति एउटा बोको, 35 मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।

36 पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्‌दैको छोरो शलूमीएलले उपहार चढाए। 37 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए, 38 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 39 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एउटा एक बर्षे थुमा, 40 पापबलिको निम्ति एउटा वोको, 41 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।

42 छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र 43 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो। 44 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। 45 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा, 46 पापबलिको निम्ति एउटा बोको, 47 अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।

48 सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो। 49 पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

50 दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 51 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे थुमा। 52 पापबलिको निम्ति एउटा वोको, 53 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको उपहारहरू यिनीहरू नै हुन्।

54 आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः 55 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

56 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 57 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 58 पापबलिको निम्ति एउटा बोको, 59 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।

60 नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो। 61 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, 62 दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 63 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 64 पापबलिको निम्ति एउटा बोको, 65 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।

66 दशौं दिन दान कुलका नायक अम्मीशद्‌दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः 67 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, 68 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 69 होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 70 पापबलिको निम्ति एउटा बोको, 71 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनको छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।

72 एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए। 73 उसद्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो। 74 दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। 75 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 76 पापबलिको निम्ति एउटा बोको, 77 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।

78 बाह्रौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए। 79 तिनले चढाएको उपहार यस प्रकार थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो, 80 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। 81 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, 82 पापबलिको निम्ति एउटा बोको, 83 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।

84 मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाँडा, बाह्रवटा सुनको ठूलो धूपौरो। 85 प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो। 86 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।

87 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक बर्षका पाठा भेंडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए। 88 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठ्ठीवटा भेंडा, साठ्ठीवटा बोका र साठ्ठीवटा एक बर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।

89 परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुइजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसँग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।