Add parallel Print Page Options

मानिसहरूका दुष्ट योजना

मानिसहरूमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरू बनाउँछन्।
    यस्ता मानिसहरू ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्,
अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिँड्न थाल्दछन्।
    त्यसो गर्ने सामर्थ तिनीहरूसँग छ।
तिनीहरूले जमीनको चाहना गर्छन् भने तिनीहरूलाई लिन्छन्।
    तिनीहरूले घरहरू लिने इच्छा गर्छन भने यसलाई लिन्छन्।
तिनीहरूले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्।
    तिनीहरूले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरू लिनेछन्।

मानिसहरूलाई सजाय दिने परमप्रभुको योजना।

यसकारण परमप्रभु यी कुराहरू भन्नुहुन्छ:
“हेर म तिमीहरूमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु।
    तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ।
तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ।
    किनभने नराम्रो समय आउँदैछ।
त्यस समय मानिसहरू तिमीमाथि हाँस्नेछन्।
    तिम्रो बिषयमा बिलापको गीत तिनीहरूले गाउँनेछन्।
अनि भन्नेछन्, ‘हामी नष्ट भयौं,
    परमप्रभुले हाम्रा मानिसहरूको जमीन खोसेर
अरू मानिसहरूलाई दिनुभयो।
    हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरूलाई बाँडिदिनु भयो।
जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिठ्ठाहालेर बाँडिन्छ,
    प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’”

मीकालाई उपदेश दिन दिएनन्।

मानिसहरू भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ,
    उनीहरूले यस्तो गर्नु हुँदैन थियो,
हामीमाथि कुनै पनि नराम्रा कुराहरू आईपर्ने छैनन्।”

याकूबका मानिसहरूले भन्छन्,
    के परमप्रभु रिसाउनु भएको छ?
के उहाँको कर्महरू यी हुन्?
    के धार्मिक जीवन
जीउनेहरूको लागि उहाँले
    असल चिजहरू गर्नुहुन्न र?
तर अहिले मेरो आफ्नै मानिसहरू मेरो शत्रु भएका छन्,
    जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्।
तिमीहरू उनीहरूको खाष्टो चोर्छौ
    जस्तो कि तिनीहरू युद्ध बन्दीहरू हुन्।
मेरो मानिसका स्त्रीहरूलाई तिमीहरूले घरबाट निकालेर
    जानको निम्ति बिवश बनायौ,
    जुन घरहरू राम्रो र आरामदायी थिए
तिमीले उनीहरूको सा-साना नानीहरूलाई
    मेरो आशिष देखि बन्चित गरायौ।
10 उठ, अनि यहाँबाट भाग!
    त्यो विश्राम गर्ने ठाउँ हैन।
किनभने यो ठाउँ पवित्र छैन्,
    यो नष्ट भएर गयो,
    यो डरलाग्दो विनाश हो।

11 यो सम्भव हुन्छ कि एकजना झूटा-अगमवक्ता आउँछ,
अनि झूटो बोल्छ।
    उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ,
जब त्यहाँ प्रशस्त मद्य हुनेछ।”
    यस प्रकारका अगमवक्ता तिनीहरू चाहन्छन्।

परमप्रभुले उहाँका मानिसहरूलाई एकसाथ ल्यउनुँ हुन्छ।

12 हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु।
    म इस्राएलका बाँचेका सबैलाई भेला पार्नेछु।
म तिनीहरूलाई गोठका भेंडा़ बाख्राहरू
    र खर्कका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु।
फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले
    खचाखच र हल्ला- खल्ला हुनेछ।
13 तिनीहरू मध्ये एकजना आउनेछ,
    जसले पर्खाल भत्काएर जान सक्नेछ।
उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ,
    र मानिसको अघि बाटो तयार पार्नेछ।
तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्।
    तब राजा तिनीहरूसँग जानेछन्।
    परमप्रभु मानिसहरूसँग हुनुहुनेछ।