Add parallel Print Page Options

अमस्याह यहूदामा आफ्नो शासन शुरू गर्छन्

14 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो बर्ष राजा भए। जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस बर्षका थिए। अमस्याहले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यरूशलेमकी थिइन्। अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुशरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए। उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।

जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए। तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”

अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारे र युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।

अमस्याह योआशको विरोधमा युद्ध चाहन्छन्

अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखा-मुख गर्यौ अनि युद्ध गर्यौ।”

इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारूको रूखलाई खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो। 10 साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि सङ्कट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यहूदाको पतन हुनेछ।”

11 तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे। 12 इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो। 13 बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैम द्वार देखि कुनाको द्वारसम्म भत्काए। 14 तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।

15 सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 16 योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।

अमस्याहको मृत्यु

17 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 बर्ष बाँचे। 18 सबै कुराहरू जो अमस्याहले गरे यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। 19 मानिसहरूले येरूशलेममा अमस्याहको विरूद्धमा षड्‌यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यहीं ठाउँमा मारे। 20 मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।

अजर्याह यहूदामा आफ्नो शासन शुरू गर्छन्

21 तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 बर्षका थिए। 22 यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।

यारोबाम दोस्रो इस्राएलमा आफ्नो शासन शुरू गर्छन्

23 इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं बर्षमा शासन शुरू गरे। यारोबामले 41 बर्ष शासन गरे। 24 यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो। 25 यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो। 26 परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, सङ्कटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन। 27 परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।

28 सबै महान कामहरू जो यारोबामले गरे, इस्राएलका राजाहरूको इतिहास पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। (यी शहरहरू यहूदाका थिए।) 29 यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।