Add parallel Print Page Options

एकजना धनी मानसद्वारा येशूलाई एउटा प्रश्न

(मत्ती 19:16-30; मर्कूस 10:17-31)

18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”

19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ। 20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झूटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’(A)

21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”

22 जब येशूले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछ्याऊ!” 23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।

24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ। 25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”

कसले चाँहि उद्धार पाउँछ?

26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”

27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”

28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”

29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ 30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैँको लागी बस्ने मौका पाउनेछ।”

Read full chapter