Add parallel Print Page Options

जो तिमीहरूको विरुद्धमा छैन, त्यो तिमीहरूपट्टी छ

(लूका 9:49-50)

38 यसकारण यूहन्नाले भने “गुरूज्यू, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”

39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन। 40 यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ।

Read full chapter