Add parallel Print Page Options

पापको बारेमा येशूको चेतावनी

(मत्ती 18:6-9; लूका 17:1-2)

42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्। 43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ। 44 [a] 45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अङ्ग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो। 46 [b] 47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुइवटै आँखासँग नरकमा फ्याँकिनु भन्दा उत्तम हो। 48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।

Read full chapter

Footnotes

  1. 9:44 केही यूनानी प्रति-लिपिहरूमा यो पद 48 पद जस्तै लेखिएको छ।
  2. 9:46 केही यूनानी प्रति-लिपिहरूमा यो पद 48 पद जस्तै लेखिएको छ।